Incident Reports

बलात्कार प्रयासका आरोपित गिरफ्तार l

2014-07-22

Lumbini, Dang, Lamahi

चार वर्षीया एक बालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा सतबरीया गाविस-९ का ४६ वर्षीय भरतबहादुर सिंहलाई साउन ६ गते साँझ प्रहरीले गिरफ्तार गरेको छ । घरमा कोही नभएको समयमा मादक पदार्थ सेवन गरेका सिंहले बालिकाको यौन अङ्ग खेलाउदै गर्दा बालिकाकी ठूली आमाले देखेर छिमेकीको साहारामा साउन ६ गते प्रहरीलाई खबर गरेको वडा प्रहरी कार्यालयका लमहीका इन्स्पेक्टर लक्ष्मण शाहीले बताए । गिरफ्तार भएका आरोपितलाई कानूनी कारबाहीको दायरामा ल्याएको इन्स्पेक्टर शाहीले बताए । बालिकाको स्वास्थ्यमा कुनै समस्या नभएको इन्स्पेक्टर शाहीले जानकारी दिएका छन् । गमनसिंह खड्का

0 Comments

Related Reports
Related Trend Analysis