Incident Reports

पतिले बहुविवाह गरी छाडेको आरोपमा प्रहरीमा उजुरी

2014-07-22

Province 1, Morang, Miklajung

टाँडी गाविस ६ सखारेका ४३ वर्षीय चन्द्रकुमारी लिङ्गदेनलाई पतिले बहुबिवाह गरी छोडेको आरोपमा साउन ६ गते इलाका प्रहरी कार्यालय उर्लाबारीमा उजुरी दिएकी छन् । पति ४४ वर्षीय हेमबहादुर लिङ्गदेनले इलाम जिल्ला लारुम्बामा विवाह गरी बस्दै आएकोले न्याय दिलाउन आग्रह गर्दै प्रहरीमा उजुरी दिएको पीडितले बताइन् । पीडितका अनुसार पतिलाई प्रहरीमा झिकाई उचित न्यायको लागि पहल गरी दिन आग्रह गरेकी हुन । आफू पाँचथर जिल्ला दर्जेमा गाविस -५ स्थित माइतको शरणमा बसिरहेको जानकारी गराइन् । पीडितले दिएको उजुरी बुझदै घटनाको अनुसन्धान गरी रहेको छ भने पतिको खोजी कार्य भइरहेको अर्सइ चुडामणि पौडेलले जानकारी दिए । सुकदेब चौधरी

0 Comments

Related Reports
Related Trend Analysis