Incident Reports

घरेलु हिंसा गर्ने पति र ससुराविरुद्ध उजुरी l

2014-07-23

Province 1, Khotang, Halesi Tuwachung

खोटाङ, दुर्छिम गाविस-९ की २६ वर्षीय देवकी खत्रीले घरेलु हिंसा गर्ने पति २८ वर्षीय नारन खत्री र ससुरा ६१ वर्षीय टंकबहादुर खत्री विरुद्ध कारबाहीको माग गर्दै साउन ७ गते जिल्ला प्रहरी कार्यालय दिक्तेलमा उजुरी दिएकी छन् । १० वर्षीय छोरी र आफूलाई पति र ससुराले खानलाउनबाट वञ्चित गराई शारीरिक तथा मानसिक यातना दिँदै आएकोमा पछिल्लो समय असार २९ गते अपमानजनक व्यवहार र कुटपिट गरेको पीडितको उजुरीमा उल्लेख छ । यसअघि हुने हिंसा सहदै आएकोमा पछिल्लो समय ससुरा र पतिले खानलाउन नदिइ यातना दिने तथा कुटपिट गर्ने क्रम बढेपछि उजुरी दिनुपरेको पीडितको भनाइ छ । पीडितले घरेलुहिंसा गरी पीडित बनाउने ससुरा र पतिलाई कारवाही गरी सम्मानित रुपले बाँच्न पाउने वातावरण तयार गर्न माग गरेकी हुन् । पीडितको उजुरीको आधारमा आरोपितलाई झिकाउन प्रहरी चौकी हलेसीलाई पत्राचार गरिसकिएको जिल्ला प्रहरी कार्यालय दिक्तेलका मुद्दा शाखाका सई यादव गौतमले बताए । आरोपित र पीडित पक्षबीच एक चरण छलफल गराइने र सहमति हुन नसके कानुनी कारवाही प्रक्रिया अघि बढाइने र्सइ गौतमले बताए । डिएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis