Incident Reports

बालिका माथि यौन दुर्व्यवहार गर्ने गिरफ्तार l

2014-07-20

Province 1, Jhapa, Gauriganj

एक बालिकालाई चुरा लाइदिने क्रममा एक व्यापारीले दुर्व्यबहार गरेको आरोपमा ०७१ साउन ४ गते आरोपतिलाई प्रहरीले गिरफ्तार गरी म्याद थप गरेको छ । इलाका प्रहरी कार्यालय दमकका डीएसपी रविकुमार पौडेलका अनुसार दमक नपामा रहेको भुटानी शरणार्थी शिविर बेलडाँगीमा चुरा पसल गरेर बस्ने सुनसरी जिल्ला बबिया गाविस -५ का ४० वर्षीय मोहम्मद जियाउल हकलाई प्रहरीले गिरफ्तार गरी अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार आइतवार हरिया चुरा लगाउन आएकी भुटानी शरणार्थी शिविर बेलडाँगीकी एक १२ वर्षीया बालिकालाई चुरा लाउदै गर्दा शरीरका संवेदशील अंग चलाएको पीडित पक्षको आरोप छ । बालिकाले छाती दुखो भनेर आफ्नी आमालाई सुनाए पछि आमाले सोधखोज गर्दा चुरा पसेलेले दुर्ब्यबहार गरेको घटना खुलासा भएको थियो । पिडितको जाहेरीको आधारमा गत आइतवार गिरफ्तार गरिएका हकलाई ०७१ साउन ६ गते जिल्ला अदालत झापाले जबरजस्ती करणी उद्योगको मुद्धामा ५ दिनको म्याद थपेको छ । उनलाई इप्रका दमकको हिरासतमा राखिएको डिएसपी पौडेलले बताएका छन् । अर्जुन बस्नेत

0 Comments

Related Reports
Related Trend Analysis