Incident Reports

थाहा खबर: युवकको शंकास्पद मृत्यु पछि ६ जना पक्राउ

2021-07-29

Madhes, Parsa, Birgunj, Ward 7

पर्सा : काठमाडौंबाट वीरगन्ज घुम्न आएका साथीको शंकास्पद मृत्यु भएपछि प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।सर्लाही स्थायी घर भई काठमाडौंको गोंगबु बस्ने २७ वर्षीय सुजन पाख्रिनको वीरगन्जमा शंकास्पद मृत्यु भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।पछिल्लो समय मृतक पाख्रिनको सम्पर्कमा रहेका ती युवाहरुलाई अनुसन्धानका लागि  वीरगन्जबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले बताए।

पाख्रिनलाई बिहीबार बिहान ३ बजे वीरगन्ज–७ कुम्हाल टोलको सडकमा लडिरहेको अवस्थामा प्रहरीको मोवाइल टोलीले भेटाएको थियो। प्रहरीले उपचारका लागि नारायणी अस्पतालमा लगेकोमा चिकित्सकले पहिले नै मृत्यु भइसकेको जनाएका थिए।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (large group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports