2021-07-30
आपसी विवादका कारण जाजरकोटमा एक जनाको हत्या भएको छ । कुशे गाउँपालिका वडा नं. ८ मा कुटपिटबाट एकजनाको हत्या भएको छ । आपसी लेनदेनको विषयमा विवाद हुदा कुशे गाउँपालिका ८ का ३५ वर्षीय इन्द्र बहादुर सिंहको मृत्यु भएको हो । सोही ठाउँका विमल प्रकाश सिंहको कुटाइबाट सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले बताएको छ । हत्याको आरोपी विमललाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको छानबिन गरिरहेको छ ।
क्रियशन मिडिया एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।
..
जरकोट कुशे गाउँपालिका–८ मा एक युवकले कुटपिट गर्दा अर्का युवाको ज्यान गएको छ । कुशे गाउँपालिका–८ जिन्तालामा युवाहरुको आपसी लेनदेनका कारण विवाद भई कुटपिट हुँदा ३५ वर्षीय इन्द्रबहादुर सिंहको घरमै मृत्यु भएको हो ।
सामुदायिक संस्थाको रकम सम्बन्धमा विवाद हुँदा उनीहरुबीच झगडा भएको थियो । शुक्रबार पँधेरीखोला सामुदायिक संस्थाका पदाधिकारीहरु भेला भएका थिए । संस्थाको छलफल गरी अन्य सदस्यहरु आ–आफ्नो घर फर्के, केही युवा बेलुका कुशे–८ को जिन्तालामै कुखुरा काटेर रमाइलो गर्न बसेका थिए । विमल संस्थाका अध्यक्ष हुन् भने मृतक इन्द्र सचिव हुन् । खाजा नास्ता खाने क्रममा उनीहरु बीच संस्थाको रकमका विषयमा विवाद भयो, विवादपछि विमलप्रकाश सिंह एक्कासि आक्रोशमा आएर चिर्पटले इन्द्रबहादुर सिंहको टाउकोमा हिर्काएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले बताउनुभयो ।
टाउकोमा गम्भीर चोट लागेर घाइते भएका इन्द्रबहादुर सिंहलाई साथीहरुले घरमा पु¥याइदिएका थिए । गम्भीर अवस्थामा रहेका उनको शनिबार बिहान २ बजे ज्यान गएको प्रहरी निरीक्षक पाण्डेको भनाइ छ । समयमाऔषधि उपचार पाएको भए उनको ज्यान जोगाउन सकिने प्रहरीको भनाइ छ ।
कुटपिटमा संलग्न फरार रहेका विमलप्रकाश सिंहलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विशेष सुराकीका आधारमा आइतबार बिहान भेरी नगरपालिका–२ बाहुनथानाबाट पक्राउ गरेको छ । पक्राउ परेका उनलाई जिल्ला अदालत जाजरकोटमा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा उनले कुटपिट गरेको स्वीकार गरेको प्रहरी निरीक्षक पाण्डेले बताउनुभयो । घटनाका कारण बारे थप अनुसन्धानका लागी प्रहरी निरीक्षक शिवकुमार क्षत्रीको कमान्डमा एक टोली घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Assault (small group) |
Weapons | Blunt weapon |
Primary Cause | Disputes over inheritance, debt, land and other economic disputes |
Actor 1 - Number of people | 1 |
Actor 1 - Affiliations | Citizen/Individuals |
Actor 1 - Youth | na |
Actor 2 - Number of people | 1 |
Actor 2 - Affiliation (Target) | Citizen/Individuals |
Actor 2 - Youth | noyouth |
Total Killed | 1 |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
The Nepal Peace Monitor Annual Review: 2019
May 24, 2020
GBV / Political / Dalit / Human Rights / Interpersonal Violence / Governance