Incident Reports

माधव नेपाल पक्षीय अखिल फोर्सको शक्ति प्रदर्शन

2021-07-31

Bagmati, Kathmandu, Kathmandu, Ward 11

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह समर्थित अखिल फोर्सले शनिवार राजधानीमा शक्ति प्रदर्शन गरेको छ।

एमालेमा पार्टी अध्यक्ष केपी शर्मा ओली र माधव नेपालबिच विवाद उत्कर्षमा पुगेको बेला अखिल फोर्सको गठन भएको थियो। केपी शर्मा ओली समर्थित युथ फोर्सलाई काउन्टर दिँदै अखिल फोर्स गठन गरिएको हो।बबरमहलस्थित कार्की पार्टी प्यालेसमा आयोजना भएको अखिल फोर्सको बृहत् भेलालाई माधव नेपाल लगायत नेताले सम्बोधन गरेका थिए।

शनिवार बानेश्वर- माइतीघर क्षेत्रमा अखिल फोर्सले मोटल साइल र्‍याली निकाल्दै प्रदर्शन गरेको हो। गत साता ओली समर्थित युवा संघ र युथ फोर्सले राजधानीमा शक्ति प्रदर्शन गरेको थियो।

शनिवार ओलीले काठमाडौं जिल्ला कमिटीलाई सम्बोधन गर्दै एमालेमा अब नेपाललाई ठाउँ नभएको घोषणा गरेका थिए। ओली नेपालले एक अर्कामाथि आक्रमण तिब्र पारे पनि दोस्रो तहका नेताहरु भने संवादमा छन्।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth na
National/Online Media

0 Comments