Incident Reports

सडकमा कवाड संकलन गरेर गुजारा चलाउने सुन्तले दमाई ट्राफिक प्रहरीबाट कुटिए | Nagarik News - Nepal Republic Media

2021-07-29

Karnali, Surkhet, Birendranagar

सुन्तले दमाई कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर बजारमा प्लाष्टिक, फलामलगायतका कवाडी सामानहरु संकलन गरेर दैनिकी चलाउँछन्। बस्नलाई उनीसँग घर छैन। सडकपेटी, चौतारी र प्रतिक्षालयमा रात बिताउँछन्।तिनै सुन्तले बिहीबार वीरेन्द्रनगरको बीच बजारमा फलामका टुक्राहरु संकलन गर्दै थिए। नजिकै रहेका ट्राफिक प्रहरी खिम केसीले सुन्तलेलाई कुटपिट गरे। ट्राफिक प्रहरीले सुन्तलेलाई कुटपिट गर्दै गरेको भिडियो अहिले सामाजिक सन्जालमा भाइरल छ।

‘गल्तीनै गरेको भएपनि कानुन अनुसार कारबाही हुनुपर्नेमा सार्वजनिक स्थलमा प्रहरीबाटनै कुटपिट हुनु दुःखद् हो,’ स्थानीय तेजबहादुर थापाले भने, ‘भोको भेट गर्न कवाडी उठाउनेलाई कुटपिट गर्ने प्रहरीलाई कारबाहीको माग गर्दछौं।’ सुन्तले राम्रोसँग कान सुन्दैनन्। पूरै शरीर ढाक्ने उनीसँग कपडा छैन। प्रहरीले विना कारण कुटपिट गर्दा सुन्तले दुःखी छन्। न्यायका लागि जाने उनीसँग ठाउँ छैन।

‘कवाडी सामान जुटाएर छाक टार्ने गरेको छु, सडकपेटी, चौतारी र प्रतिक्षालयमा रात बिताउँछु,’ उनले भने, ‘भत्किएको नाली नजिकै फलामका टुक्रा देखें उठाउन लाग्दा पुलिसले कुटपिट गर्‍यो।' भिडियोमा सुन्तलेले सिमेन्टबाट फलाम छुटाउन ढुंगाले फुटाउँदै गरेको देखिन्छ। दायाँतर्फ रहेका दुई जना ट्राफिक प्रहरी उनको नजिकै आउँछन्। ति मध्येका केसीले सुन्तलेको हातमा रहेको ढुंगा फाल्छन् र कुटपिट गर्न सुरु गर्छन्।

कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक राकेश सिंहले घटनाका बारेमा छानबिन गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतलाई निर्देशन दिइएको बताए। ‘घटनाको अनुसन्धान गरेर दोषी पाइए कारबाही गर्न र त्यसको लिखित जानकारी पठाउन निर्देशन दिएको छु,’ एसपी सिंहले भने, ‘आवश्यक परे प्रदेशबाट पनि छानबिन हुन्छ।’ उनले अनुसन्धानका क्रममा दोषी पाइए नियमानुसार विभागीय कारबाही गरिने पनि बताए।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्य घटनाका विषयमा अनुसन्धान सुरु गरिएको बताए। ‘सार्वजनिकस्थलमा सर्वसाधारणमाथि भएको कुटपिटको घटनाका विषयमा अनुसन्धान सुरु गरिएको छ,’ आचार्यले भने, ‘दोषी पाइए विभागीय कारबाही गर्‍छौं।’ उनले सर्वसाधारणलाई दुःख दिन्छु भनेर हो वा ट्राफिक नियम पालना गराउँदाको घटना हो भन्ने विषयमा पनि अनुसन्धान गरिने बताए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Violence against civilians
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports