Incident Reports

'गो ब्याक एमसीसी' भन्दै विराटनगरमा प्रदर्शन

2021-07-31

Province 1, Morang, Biratnagar

काठमाडौँ– विराटनगरमा नेकपा एमाले माधवकुमार नेपाल समूहले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन(एमसीसी) पास नगर्न माग गर्दै प्रदर्शन गरेको छ।

शनिबार नेपाल समूहको युवा संघले दबाबमूलक कार्यक्रमको आयोजना गर्दै एमसीसी लागु नगर्न माग गरेको हो।

विराटनगरको रोडषेश चोकमा युवा संघका कार्यकर्ताहरुले एमसीसीको विरोध गर्दै विभिन्न नारा लेखिएका प्लेकार्डसमेत प्रदर्शन गरेका थिए।

संघका महानगर कमिटी अध्यक्ष सुरेन शाक्यले राष्ट्रको हित विपरित रहेको एमसीसीलाई ल्याउन नहुने बताएका थिए। मुलुकमा विदेशी हस्तक्षेप बन्द गर्न माग गर्दै शाक्यले एमसीसी पास भए मुलुक ध्वस्त हुने बताए।

दबाबमूलक विरोध कार्यक्रममा उनले विद्यार्थीहरुले एमसीसी परियोजनालाई ल्याउन नहुनेमा एक भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए। कार्यक्रममा विद्यार्थीहरुले एमसीसी सम्झौता नगर्न जोड दिँदै परियोजनाबारे खबरदारी गर्ने कार्यलाई निरन्तरता दिने बताएका थिए।

विरोधका क्रममा विद्यार्थीहरुले ‘आफ्नो मुलुक आफै बनाऔँ एमसीसीको विरोध गरौँ, ‘गो ब्याक एमसीसी’ , ‘जनताको चाहना बाह्य हस्तक्षेप मुक्त देशको परिकल्पना’ लगायतका नारा लेखिएका प्ले कार्डसहित प्रर्दशन गरेका थिए।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Foreign State
Actor 2 - Youth na
National/Online Media

0 Comments