Incident Reports

प्रेमिकाको हत्या गर्ने युवक प्रहरीद्वारा गिरफ्तार l

2014-07-22

Lumbini, Dang, Lamahi

सतवरिया गाविस-५ की २२ वर्षीया हेमा चौधरीलाई हत्या गरेको आरोपमा बेला गाविस-९ का २४ वर्षीय यमराज परियारलाई साउन ६ गते गिरफ्तार गरेको जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा चैलाही गाविस-३ का २३ वर्षीय शिवप्रसाद चौधरीलाई प्रहरीले सोहीदिन गिरफ्तार गरेको हो । यमराजको शारीरिक सर्म्पर्कबाट हेमा गर्भवती रहेको हेमाको घरपरिवारले जनाएको छ । हेमाले आफू गर्भवती भएको यमराजलाई बताएपछि हेमालाई ०७१ जेठ २२ गते विवाह गर्ने भन्दै यमराजले चैलाही गाविस-३ का शिवप्रसाद चौधरीको सहयोगमा मोटरसाइकलमा राखी सतवरियाको बखेरी खोलाबाट पैदल जङ्गलको बाटो हिडाउँदै लगेको हत्याका आरोपित परियारले बताए । गोरेटो बाटोबाट सोझै तुलसीपुर पुग्ने भन्दै फकाउँदै हेमालाई हिडाउँदै लगेको परियारले अनुसन्धानका क्रममा प्रहरी समक्ष बताएका छन् । जङ्गलको बीच भागमा सतवरिया गाविस-९ को सिमपाखापानीको जङ्गलमा पुगेपछि परियार र उनका साथीले संयुक्तरुपमा हेमाको दोपट्टाले घाँटी थिची हत्या गरेको प्रहरीसमक्ष आरोपित दुबैले स्वीकारेका छन् । हेमाको शव बखेरीखोलामा ढुङ्गाले दाबेर फालेको अवस्थामा भेटिएको थियो । हेमाको परिवारले ०७१ जेठ २३ गते वडा प्रहरी कार्यालय लमहीमा खोजी गर्न निवेदन दिएका थिए । प्रहरीमा दिएको निवेदनमा यमराजको नाम उल्लेख गरेपनि यसअघि प्रहरीले अनुसन्धानका क्रममा प्रहरी कार्यालयमा उपस्थित गराएपनि उनीबाट केही नखुलेपछि रिहा गरेको थियो । गिरफ्तार भएका दुवैलाई ज्यानमार्ने अभियोग अर्न्तर्गत हदैसम्मको कारवाही हुने वडा प्रहरी कार्यालयका इन्स्पेक्टर लक्ष्मण शाहीले बताए । प्रहरीले हत्या अभियोगमा पक्राउ परेकाहरूलाई ०७१ साउन ६ गते साँझ पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । प्रहरीले मृतक युवतीको खप्पर र केही हड्डी बरामद गरेको छ । घटनास्थलको अवलोकन गर्न वडा प्रहरी प्रमुखसहितको सुरक्षाकर्मीको टोली र आरोपित सँगसँगै जङ्गल पुगेका थिए । जङ्गलको बीच भागमा खोलाले बगाएको अवस्थामा हाडखोर फेला परेको पत्रकार सम्मेलनमा इन्स्पेक्टर शाहीले बताए । गमनसिंह खड्का

0 Comments

Related Reports
Related Trend Analysis