Incident Reports

बालिकालाई बलात्कार प्रयास गर्ने प्रहरी गिरफ्तार l

2014-07-23

Bhojraj Timalsina ९ वर्षीया एक बालिकालाई साउन २ गते बलात्कार प्रयास गर्ने प्रहरी जवान ३३ वर्षीय छत्र मिश्रलाई प्रहरीले गिरफ्तार गरी साउन ७ गते साँझदेखि हिरासतमा लिएको छ । ओखलढुंगा घर भएका मिश्र दुई साताअघि सिरहामा सरुवा भएका थिए । सिरहा गएपनि उनी पहिले काम गरेको स्थानमा फर्किएर सञ्चमायाको कस्मेटिक पसलमा गएका थिए । खाना खाएर टिभी हेर्ने समयमा रक्सीले मात्तिदै उक्त पसलमा गएर बालिकाको कपडा खोली आफू पनि नाङ्गै खाटमा सुतेका थिए । सधैजसो पसलमा आउने प्रहरी जवान मिश्रबाट यस्तो क्रियाकलाप भएपछि स्थानीयहरू जुटेर मिश्रलाई नियन्त्रणमा लिएका थिए । स्थानीयहरूलाई छक्काएर भागेका मिश्रलाई सिरहाबाट गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासतमा लिइएको हो । यस घटनामा पीडित पक्षले जबरजस्तीकरणीको उद्योग अर्न्तगत प्रहरीमा मुद्दा दर्ता गराएको छ । पीडित बालिकाको साउन ३ गते प्रसुती गृह थापाथलीमा स्वास्थ्य परिक्षण गरिएको छ । बालिकालाई बाबुआमाले विचल्लीमा पारेपछि पाँचखालकी फूपुदिदी सञ्चमायाले गएको वैशाखदेखि घरमा आश्रय दिएकी थिइन् । भोजराज तिमल्सिना

0 Comments

Related Reports
Related Trend Analysis