Incident Reports

विद्यार्थी भर्नाको विषयमा विद्यालय परिसरमै लाठी हानाहान, १९ घाइते

2021-08-01

Madhes, Rautahat, Madhav Narayan, Ward 4

रौतहट । रौतहटमा विद्यार्थी भर्नाको विषयमा लाठी हानाहान हुँदा १९ जना घाइते भएका छन् ।माधवनारायण नगरपालिका-४ स्थित विसुनपूर्वामा भर्नाको विषयमा दुई समूहबीच भएको झडपमा १९ जना घाइते भएका हुन्।जिल्लाको श्री माध्यमिक विद्यालयमा विद्यार्थी भर्नाको विषयलाई विद्यालय पक्ष र भर्ना गराउन आएका अभिभावकबीच विवाद हुँदा भएको झडपमा १९ जना घाइते भएको प्रहरीले जनाएको छ ।

भर्ना गर्न आएका अभिभावकसंग र प्रधानाध्यापकबिच भर्ना फारमको विषयमा विवाद सुरु भएको हो । बच्चालाई भर्ना गराउन फर्म भरेर लिएर आएका अभिभावकलाई कुनै फारममा फोटो नमिलेको, अभिभावकको सही नभएको भनेर प्रधानाध्यापकले भर्ना लिन नमानेपछि विवाद भएको थियो।’

झडपमा विद्यालयका शिक्षक तथा व्यवस्थापन समितिका सदस्य पक्षका ८ र अभिभावक पक्षका ११ जना घाइते भएका छन् । घाइतेमध्ये १ जनालाई काठमाडौं रिफर गरिएको र दुई जनाको वीरगञ्जस्थित तराई हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 10
Actor 2 - Affiliation Education sector/teachers (private and public)
Actor 2 - Youth na
Total Injured 19
Female Injured n/a
Youth Injured n/a
National/Online Media

0 Comments

Related Reports