Incident Reports

एक महिला मृत फेला, तीन जना पक्राउ | Ratopati

2021-08-01

Province 1, Morang, Dhanpalthan, Ward 4

मोरङको धनपालथान गाउँपालिका–४ की ३५ वर्षीया जानकीदेवी मुखिया मृतावस्थामा फेला परेकी छन् । घरबाट लगभग ५० मिटर दूरीमा रहेको धान रोपाईं भइसकेको र पानी जमेको खेतमा आइतबार राति १० बजेतिर उनको शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।परिवारकै सदस्यले पानी जमेको खेतमा मृत फेला पारेपछि प्रहरीलाई घटनाका बारेमा जानकारी गराएका थिए ।घरमा निस्किएको केहीबेरमा आँखाको डिलमा साधारण चोट रहेको र मुखबाट फिँज तथा नाकाबाट रगत बगिरहेको अवस्थामा जानकीदेवी मृत फेला परेको डीएसपी श्रेष्ठको भनाइ छ ।

 प्रहरीलाई खबर गर्नुअघि परिवारका सदस्य एवं छिमेकीले उनको शव घटनास्थलबाट उठाएर घरमा ल्याएर राखेका थिए ।प्रहरीका अनुसार शव पोस्टमार्टमका लागि विराटनगरस्थित कोसी अस्पताल लगिए पनि मृत्युको कारण खुल्न सकिरहेको छैन । पोस्टमार्टम रिपोर्ट प्राप्त भइसकेपछि मृत्युको कारण प्रष्ट हुने जानकारी डीएसपी श्रेष्ठले दिए ।प्रहरीका अनुसार हाँस हराएपछि खोजी गर्न क्रममा छिमेकीसँग उनको विवाद भएको थियो ।धान रोपिएको र पानी जमेको खेतमा शव भेटिएपछि जानकीदेवीसँग विवाद गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दै घटनाको अनुसन्धान थालेको छ ।जानकीदेवीसँग विवाद गर्ने छिमेकीहरू ३६ वर्षीया अनरवती मुखिया, ५५ वर्षीय भुटाइ मुखिया र उनकी श्रीमती सती मुखियालाई इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक अनमोल खड्काले जानकारी दिए ।

 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments

Related Reports