Incident Reports

बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा फ्रान्सेली नागरिक गिरफ्तार l

2014-07-25

Gandaki, Kaski, Pokhara Lekhnath

१४ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा फ्रान्सेली नागरिक ४६ वर्षीय क्रिष्टोफर रोबर्ट ओलिभरलाई साउन ९ गते प्रहरीले गिरफ्तार गरेको छ । नेपाल भ्रमणको क्रममा आएका ओलिभरले पोखरा उमनपा-६ लेकसाईडका बालकलाई विभिन्न खेलकूदका सामग्री उपहार दिने र होटलको कोठामा बोलाई अप्राकृतिक यौनक्रियाकलाप गरेको भन्दै बालकका आफन्तले साउन ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । आरोपित ओलिभरलाई गिरफ्तार गरी जबरजस्तीकरणी (अप्राकृतिक मैथुन) अर्न्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको डीएसपी केदार रजौरेले बताए । आरोपितले यसअघि पनि पटक-पटक अन्य बालकहरुलाई यस्तै प्रकारको यौन क्रियाकलाप गर्ने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको उनले बताए । सनबहादुर थापा

0 Comments