Incident Reports

चालकको हत्या गरेर रुपन्देहीमा १८ लाख मूल्यबराबरको चामल लुटपाट 

2021-08-04

Lumbini, Rupandehi, Siddharthanagar, Ward 13

साहुको चामल पुर्‍याउन भारतबाट नेपाल आएका चालकको रूपन्देहीमा हत्या भएको छ।प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा रूपन्देहीका तीन र तनहुँका एक जनालाई पक्राउ गरेको हो।प्रहरीले सिद्धार्थनगर नगरपालिका-६ का ३० वर्षीय अलि भन्ने सद्दाम कुजडा, सोही ठाउँका २७ वर्षीय रिजवन अलि मुसलमान, २८ वर्षीय महेश कहार र तनहुँ शुक्लागण्डी नगरपालिका-१० का २७ वर्षीय सुनिल पौडेललाई पक्राउ गरेको हो।मंगलबार पत्रकार सम्मेलन गरी चारै जनालाई प्रहरीले सार्वजनिक गरेको छ।

रूपन्देहीका प्रहरी उपरीक्षक मनोज केसीका अनुसार गत साउन २० गते सिद्धार्थनगर नगरपालिका-१३ डण्डाखोलामा भारतीय नागरिक २५ वर्षीय चालक तौफिक अहमद पठानको शव फेला परेको थियो।हत्या गरी फालेको अवस्थामा खोलामा उनको शव फेला परेको थियो। उनी साउन १७ गते भारत सुनौलीबाट चामल लिएर नेपाल हिँडेका थिए। पठान ३४ टन चामल लोड गरिएको युपी५३एटी ८००१४१ नम्बर लिएर हिँडेका थिए। त्यो चामल १७ लाख रूपैयाँ बराबरको थियो।चामल सुनौलीका नन्दकिशोर यादवले सांग्रिला कम्पनीका साहु नन्दन गुप्ताका लागि भनी पठाएका थिए।तर, त्यो चामल गुप्ताकहाँ पुगेन।अनुसन्धान अनुसार रूपन्देहीमा भन्सार जाँचपास भएपछि चालक पठान र गुप्ताबीच कुराकानी भयो। कुराकानीमा गुप्ताले आफूसँग अहिले चामल पर्याप्त रहेको र त्यो चामल सद्दाम कुजडालाई छोड्न अनुरोध गरेका थिए।गुप्ता र कुजडाबीच चिनजानको सम्बन्ध थियो। कुजडालाई छोड्न भनेपछि पठानले उनलाई फोन गरे।भैरहवा वसन्तपुरमा कुजडाको चामल गोदाम थियो।कुजडा आफ्नो साथमा चालक महेश कहार र साथी रिजवनलाई लिएर भन्सार हिँडे।

त्यसपछि तीनै जना डण्डा पुलनजिक खानपिनमा बसेका थिए। ‘मदिरा सेवन गरेपछि भने हत्यासम्म पुगेको देखिन्छ,’ केसी भन्छन्।

किन भयो हत्या?

मदिरा सेवनका क्रममा कुजडा र रिजवनले तौफिकलाई सात-आठ पटक इँटाले टाउकोमा हिर्काएका थिए। उनको मृत्यु भएपछि तीनै जनाले खोलामा फालिदिए।

हत्याको उद्देश्य कुजडा त्यो चामल लुट्न चाहन्थे। गोदाममा राख्न लगाएको त्यो चामल बेचेर फाइदा लिन खोजेका थिए। यसकारण उनले छिनमै योजना बनाएर आफूसँगै साथी लिएर गएका थिए।

प्रहरी उपरीक्षक केसीका अनुसार तौफिकको हत्यापछि भोलिपल्ट उनीहरू तीनै जना नवलपरासीको भूमही पुगेका थिए। त्यहाँ पुगेपछि ट्रकबाट चामल झारे। अन्य दुइटा ट्रकमा चामल लोड गरे।

लहार भारतीय खाली ट्रक लिएर सुनौली गए। त्यहाँको स्टेट बैंक अगाडि बाटोमा छोडेर नेपाल फर्किए।

यता कुजडा भने चितवन पुगेर चामल व्यवस्थापन गर्न थाले। त्यसक्रममा आफूले चिनेका तनहुँका व्यापारी पौडेलसँग कुराकानी गरे।

पौडेलले चामल लिन राजी भएपछि उनीहरूले ती दुई ट्रक तनहुँ पुर्‍याए। ट्रकबाट अनलोड गरी गोदाममा थन्क्याएका थिए।

‘घटनाको पोल खुल्ने डरले उनीहरूले त्यो चामल खन्याएर अर्कै बोरामा प्याक गरी बेच्ने योजना बनाएका रहेछन्,’ केसीले भने।

यसरी पत्ता लाग्यो घटना

सिद्धार्थनगर-१३ डण्डाखोलामा मृत शव रहेको भन्ने सूचना आएपछि साउन २० गते प्रहरीले अनुसन्धान सुरू गरेको थियो।

अनुसन्धानका क्रममा शव नजिक पाइन्ट र चप्पलसमेत फेला परेको थियो। त्यही दिन नेपाल आएका आफ्नो ज्वाइँ हराएको भन्दै उनका ससुरा रोहिणी-२ का सजरुद्दिन खाँ निवेदन दिन रूपन्देही प्रहरीमा पुगेका थिए।

शव देखेपछि उनले सनाखत गरे। त्यसपछि प्रहरीले तौफिकको मोबाइल अनुसन्धान थाल्यो। साहु नन्दन गुप्ता र कुजडासँग सम्पर्क भएको देखियो।

साहुसँग सोध्दा तौफिक भन्सारबाट निस्केपछि आफ्नो सम्पर्कमा नरहेको बताएका थिए।

‘भैरहवा बसन्तपुरमा गोदाम रहेका कुजडाले चामल लगेको भनेपछि हामीले उनको खोजी थाल्यौं,’ केसीले भने।

घटनामा संलग्न रहेका व्यक्तिहरूको खोजी गर्दै जाँदा रिजवन अलि मुसलमान र महेश कहारलाई प्रहरीले सिद्धार्थनगर-६ बाट आइतबार पक्राउ गरेको थियो।

प्रहरीसँग उनीहरूले सद्दामले नारागणगढ हुँदै चामल तनहुँ लिएर गएको बताएका थिए।

सोही दिन प्रहरीले कुजडालाई चितवनबाट पक्राउ गरेको थियो।

उनी पक्राउ परेपछि तनहुँ शुक्लागण्डकी नगरपालिका-५ तनहुँ खैरेनीटारबाट पौडेललाई प्रहरीले समातेको थियो।

पक्राउ परेका सबैलाई कर्तव्य ज्यान मुद्दामा अदालतबाट थुनामा राख्ने अनुमति लिई अनुसन्धान थालिएको प्रहरी उपरीक्षक केसीले बताए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports