Incident Reports

घरनिकाला गरिएकी महिलाको तर्फबाट सम्बन्धविच्छेद मुद्दा दर्ता l

2014-07-26

पतिबाट घरनिकाला गरिएपछि अलपत्र परेकी कुन्तादेवी गाविस -५ की १९ वर्षीया अनीता कार्कीको तर्फबाट जिल्ला अदालत ओखलढुङ्गामा ०७१ साउन १० गते सम्बन्धविच्छेद मुद्दा दर्ता गरिएको छ । कानुनी सहायता समितिबाट अधिवक्ता गुरुबहादुर बस्नेतले उक्त मुद्दा दर्ता गरेका हुन् । पति सन्तोष श्रेष्ठले कुटपिट गरी घरनिकाला गरेपछि पीडित कार्की अलपत्र परेकी थिइन् । दुई वर्षअघि प्रेम विवाह गरेकी कार्कीलाई पतिले कुटपिट गरेर खान समेत नदिएपछि मामाघर रातमाटेमा बस्दै आएको आएकी थिइन् । पीडितले नागरिकता बनाइ दिने र घरमा बस्ने वातावण मिलाउन वा अंश माग गर्दै साउन ४ गते महिला तथा बालबालिका कार्यालयमा उजुरी दिएपछि सोही दिन जिल्ला प्रहरी कार्यालयलाई सक्कलै निवेदन पठाएर कारबाही गर्न पत्राचार गरेको थियो । अधिवक्ता गुरुबहादुर बस्नेतले पीडितको विवाह दर्तासमेत नभएकाले विवाह दर्ता गराएर अंशसहितको सम्बन्धविच्छेद मुद्दा दर्ता भएकाले छिट्टै न्याय पाउने बताए । शिवप्रसाद ढुङ्गाना

0 Comments

Related Reports
Related Trend Analysis