Incident Reports

बम विष्फोटमा परी एक बालकको मृत्यु l

2014-07-27

Madhes, Siraha, Lahan

Durga Pariyar गोविन्दपुर गाविस -७ का १२ वर्षीय बालक रामकुमार महतोको साउन ११ गते दिउसो बम विष्फोटमा परी घाइते भइ उपचारका लागि लैजाँदै बाटोमा मृत्यु भएको छ । गोविन्दपुर गाविस -७ की २५ वर्षीया ललितादेवी महतोले घर नजिकै रहेको बारीमा नौलो वस्तु देखेपछि घरमा लिएर आएकी थिइन् । घरमा नौलो वस्तु देखेपछि घरपरिवारका सबैले खेलाउँदा विष्फोट भएको पीडित ललितादेवीले बताइन् । बिष्फोटबाट ललितासहित ४० वर्षीय श्रीदेव महतो, ३५ वर्षीय बिष्णुदेव महतो, १५ वर्षीय जीवनकुमार महतो, १३ वर्षीय पुनमकुमारी यादव, १२ वर्षीया बनीताकुमारी महतो, ८ वर्षीया सविताकुमारी महतो र २४ वर्षीया निर्मलादेवी महतो घाइते भएका छन् । घाइतेहरूको लहान स्थित फेण्डस मोडेल अस्पताल र सप्तऋषि अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि धरान लगिएको पीडितका आफन्तले बताए । इलाका प्रहरी कार्यालय लहानका डिएसपी ज्ञानेन्द्रप्रसाद फुयालले घटनाको अनुसन्धान भइरहेको बताए । दुर्गा परियार

0 Comments

Related Reports
Related Trend Analysis