Incident Reports

'प्रहरी हुँ' भन्दै कुटपिट गरी रकम असुल्ने दुई पक्राउ :: Setopati

2021-07-26

Province 1, Jhapa, Birtamod, Ward 5

‘प्रहरी हुँ’ भन्दै कुटपिट गरी रकम असुल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।कनकाई नगरपालिका–७ का ४० वर्षीय विकास उप्रेती र विर्तामोड नगरपालिका-३ का ३२ वर्षीय टीका खत्रीलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए।

विर्तामोड-५ की नयनसरी राजवंशीको घरमा गएर यही साउन ११ गते उप्रेती र खत्रीले 'हामी सादा पोशाकका प्रहरी हौं, तपाईंको छोरा लागुऔषध खाने बेच्ने गर्छ र डिलर पनि हो, अब छोरालाई जोगाउने हो भने २० हजार रूपैयाँ दिनू, नभए मुद्दा हालिदिन्छौं’, भनेर धम्क्याउनाका साथै राजवंशीको साथमा भएको एक हजार १०० रूपैयाँ लिएर पछि फेरि पैसा लिन आउँछौं भन्दै गएका थिए।

सोही सिलसिलामा यही साउन १४ गते राति नयनसरीको घर पुगेका उनीहरूले उनका छोरा २५ वर्षीय विशाल राजवंशीलाई बाहिर बोलाएर ‘हामी एउटा मिसनमा आएका हौं, किन गाउँका मान्छेलाई हल्ला गरी बोलाएको ?’ भन्दै उप्रेतीले कम्मरको बेल्ट खोलेर विशाललगायत अन्य व्यक्तिलाई समेत कुटपिट गरेका थिए।

पीडित राजवंशीले साउन २२ गते इलाका प्रहरी कार्यालय अनारमनीमा दिएको निवेदनका आधारमा उप्रेती र खत्रीलाई पक्राउ गरिएको प्रनाउ थापाले बताए।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Other
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
National/Online Media

0 Comments

Related Reports