Incident Reports

बालकको हत्या गरी बुवा फरार l

2014-07-27

Madhes, Saptari, Chhinnamasta

Manohar Kumar Pokharel कोचावखारी गाविस-९ कुपहीका ८ वर्षीय गोविन्द खंगको हत्या गरी फरार रहेका बुवा ३५ वर्षीय श्रवण खंग खत्वेविरुद्ध जिल्ला प्रहरी कार्यालयमा साउन ११ गते उजुरी दर्ता भएको छ । बालकका मावली हजुरबुवा दिघवा गाविस-७ का सीताराम खंग खत्वेको उजुरीका आधारमा कर्तव्य ज्यान मुद्दा दर्ता भएको मुद्दा शाखाका सई राजेश सुवेदीले जानकारी दिए । बञ्चरोले टाउकोमा प्रहार गरी हत्या गरेको अवस्थामा बालकको शव बरही बिरपुर गाविस-१ स्थित घोडदह खोलाको किनारमा रहेको पिपलको रुखनजिक साउन ९ गते फेला परेको थियो । लाशको २ मिटर पश्चिम हत्यामा प्रयोग भएको बञ्चरो समेत फेला परेको डिएसपी डिएसपी केदार ढकालले बताए । घटनापश्चात हत्याका आरोपित श्रवण खंग फरार रहेको र खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । एक वर्षअघि मृतकका आमाले आत्महत्या गरेको गाउँलेले बताए । लाशको राजविराज नपा-३ स्थित अञ्चल अस्पतालमा साउन १० गते साँझ ४ बजे पोस्टमार्टम गरी मृतकका मामाली हजुरबुवा दिघवा गाविस-७ का सीताराम खंग खत्वेलाई बुझाइएको अस्पतालले जनाएको छ । घटना के कारणले हुन गएको हो हालसम्म पनि खुल्न नसकेकोले अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis