Incident Reports

जबरजस्ती चन्दा असुलेको आरोपमा खम्बुवान जिल्ला अध्यक्ष गिरफ्तार l

2014-07-24

Province 1, Sunsari, Dharan

Shekhar Dhakal धरान नपा- ११ निवासी खम्बुवान राष्ट्रिय मोर्चा नेपाल पार्टीका सुनसरी जिल्ला अध्यक्ष शिखर राई खम्बुलाई चन्दा असुलेको आरोपमा प्रहरीले साउन ८ गते राति गिरफ्तार गरेको छ । धरान नपा -१७ की शान्ता राईबाट लिएको चन्दा रकम ५० हजारसहित शिखरलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सञ्जयसिंह थापाले बताए । सार्वजनिक मुद्दामा इलाका प्रहरी कार्यालय धरानको हिरासतमा रहेका धरान १७ का २६ वर्षीय किशोरकुमार राईलाई छुटाइ दिन्छु भन्दै उनकी दिदी शान्तासँग शिखरले साउन ८ गते नगद असुलेको डिएसपी थापाले बताए । शिखरले आफ्नो गल्ती स्वीकार गर्दै राधिका राई, कल्पना श्रेष्ठ र उमेश राईसमेत चन्दा सङ्कलनमा संलग्न रहेको बताएको प्रहरीले जनाएको छ । संविधानसभाको दोस्रो निर्वाचनमा शिखर सुनसरी क्षेत्र नम्बर १ बाट सो पार्टीको समानुपातिक तर्फका उम्मेदवारसमेत थिए । आरोपितलाई मुलुकी ऐनको ठगी महल तथा चन्दा असुली गरेको अभियोगमा कारबाही गरिने डीएसपी थापाले बताए । शेखर ढकाल

0 Comments

Related Reports
Related Trend Analysis