Incident Reports

असई विरुद्धको उजुरी प्रहरीले दर्ता नगरेको गुनासो l

2014-07-25

Madhes, Saptari, Bode Barsain

Manohar Pokhrel रम्पुरा मल्हनिया गाविस-९ की २८ वर्षीया रुक्मिणीदेवी मण्डललाई रम्पुरा मल्हनिया प्रहरी चौकीका असई ३५ वर्षीय स्वर्णकुमार योन्ताङ्वेनले कुटपिट गरेको घटनाको प्रहरीले उजुरी दर्ता गर्न नमानेको भन्दै पीडितले साउन ९ गते गुनासो गरेकी छन् । जिल्ला प्रहरी कार्यालयमा आरोपित असई विरुद्ध साउन ५ गते दिएको उजुरी दर्ता नगरी आलटाल गरेर थप पीडा दिएको पीडित र पीडितका काका भोलाई मण्डलले साउन ९ गते जिल्ला प्रहरी कार्यालय अगाडि इन्सेक प्रतिनिधिलाई भेटेर गुनासो गरेका छन् । पीडित परिवारले यातना दिई प्रहरीले अन्याय गरेको भन्दै दोषी असईलाई कारबाही र पीडितलाई न्याय दिलाउनको लागि सहयोग गरी पाउँ भन्दै आग्रह समेत गरेका छन् । घरायसी विवादमा पीडितलाई साउन ३ गते १० बजे प्रहरी चौकी झिकाई आरोपित असईले लाठी र मुड्कीले कुटपिट गर्नुका साथै खाटमुनी एक घण्टा बस्न लगाएर यातना दिएको पीडितले बताइन् । पीडितका परिवारका सदस्य र गाउँलेले प्रहरीको सो कार्यको विरोध जनाए पछि साउन ३ गते साँझ ७ बजे पीडितलाई छाडेको बताए । साउन ३ गते विहान घरमा भएको विवादपछि पीडितकी भाउजु ३० वर्षीया रेखादेवी मण्डलले प्रहरी चौकीका असईसमक्ष मौखिक उजुरी गरेकी थिइन् । घटनाको विषयमा जिल्ला प्रहरी कार्यालयले उपलब्ध गराएको आरोपित असईको सर्म्पर्क मोबाइल नम्बर ९८४२७६५५७६ फोन गर्दा सर्म्पर्क हुन सकेन् । मनोहर कुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis