Incident Reports

अध्यादेश विरुद्ध हेटौंडामा अनेरास्ववियुको प्रदर्शन - Khabar Break

2021-08-18

Bagmati, Makawanpur, Hetauda

हेटौंडा । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले राजनीतिक दल सम्बन्धी अध्यादेशको विरोधमा हेटौंडाको बुद्धचोकमा प्रदर्शन गरेको छ।बुधबार साँझ अनेरास्ववियु हेटौंडा उपमहानगरपालिका कमिटिले उक्त विरोध प्रदर्शन गरेको हो ।मन्त्रिपरिषद्को सिफारिसमा बुधबार राष्ट्रपति भण्डारीले राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेकाी थिईन् ।यसअघि मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

सरकारले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्‍याएर राजनीतिक दल विभाजन गर्न मिल्ने अध्यादेश ल्याउने निर्णय गरेको थियो । यसअघि पार्टी विभाजनमा लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत पुग्नुपर्ने व्यवस्था थियो ।क्रियशन मिडिया एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments