Incident Reports

थरुहट मोर्चाद्वारा आज पनि प्रदर्शन

2021-08-19

Bagmati, Kathmandu, Kathmandu, Ward 11

काठमाडाैँ – रेशम चौधरीसहित टिकापुर घटनाका सबै राजबन्दीहरुको रिहाइको माग गर्दै थारुवान थरुहट मोर्चाले आज (बिहीबार) पनि काठमाडौँमा धर्ना दिएको छ।थारुवान विद्रोह ६ वर्ष पुगेको भन्दै समानता, न्याय र अधिकारका लागि थारुवान थरुहट मोर्चाले मंगलबारदेखि माइतीघर मण्डलामा धर्ना दिइरहेको छ।

२०७२ साल भदौ ७ गते कैलालीको टिकापुरमा थरुहट आन्दोलनका क्रममा हिंसा भड्किँदा एक नाबालक र प्रहरी वरिष्ठ उपरीक्षकसहित ९ जनाको मृत्यु भएको थियो।उक्त घटनामा संलग्न रहेको आरोपमा रेशमसहितका व्यक्तिहरु जेलमा छन्। जेलमा रहेका सबैलाई स–सम्मान रिहाइको माग राख्दै मोर्चा धर्नामा बसेको हो।

धर्नामा सहभागीहरुले ‘माननीय रेशम चौधरीलाई स–सम्मान रिहाइ गर’, झुठा मुद्धा खारेज गर, देवीराम शर्माको छानबिन आयोग प्रतिवेदन सार्वजनिक गर, टिकापुर विद्रोहका राजबन्दीहरु रिहाइ गर लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका छन्।उनीहरुले कालाे ब्यानर पनि प्रदर्शन गरेका छन्।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Tharu Organizations
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments