Incident Reports

छुवाछूत गरेको भन्दै उजुरी परेपछि दुई गिरफ्तार l

2014-07-25

Province 1, Ilam, Maijogmai

०७१ साउन ९ गते, आफ्नो घरभित्र पसेको भन्दै इलाम सोयाङ गाविस- ४ का १५ वर्षीय आशिष सुन्दासलाई गालीगलौज गर्दै घरनिकाला गरेको आरोपमा सोयाङ गाविस-१ का ४४ वर्षीय धिरेन सुब्बा र ३५ वर्षीय दुर्गा लिम्बूलाई प्रहरीले गिरफ्तार गरी जिल्ला अदालतबाट साउन ९ गते म्याद थप गरेको छ । असार २८ गते उनीहरुले आशिषलाई आफ्नो घरमा पसेको भन्दै घर निकाला गरेर जातीय छुवाछुत गरेकाले त्यसबाट आफूहरु पीडित भएको भन्दै पीडितकी आमा ताराकुमारी सुन्दासले साउन ४ गते जिल्ला प्रहरी कार्यालय इलाममा धिरेन र दुर्गा विरुद्ध उजुरी दिएकी थिइन् । साउन ८ गते बेलुका घरैबाट गिरफ्तार गरिएका धिरेन र दुर्गा विरुद्ध साउन ९ गते जातीय छुवाछूत सम्बन्धी मुद्धा दर्ता गरि म्याद थपेर अनुसन्धानमा राखिएको डिएसपी अनुपम शम्ासेर जबराले बताए ।

0 Comments

Related Reports
Related Trend Analysis