Incident Reports

सामूहिक बलात्कारका आरोपित पुर्पक्षका लागि थुनामा l

2014-07-27

Gandaki, Nawalparasi West, Madhyabindu

१ख ३१५७ नम्बरको ट्याक्टर चालक ४० वर्षीय पुनदेव राय यादव र सुनवल नगरपालिका -१ का २० वर्षीय विजय साह कानुलाई एक महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा जिल्ला अदालतले साउन ११ गते पुर्पक्षको लागि थुनामा पठाउने आदेश गरेको छ । ट्याक्टर चालक यादव र सहयोगी कानुले पीडितलाई ०७१ असार १३ गते सामूहिक बलात्कार गरेको भन्दै ०७१ असार १४ गते पीडितले इलाका प्रहरी कार्यालय गैँडाकोटमा जाहेरी दिएकोमा सोही दिन प्रहरीले आरोपितहरूलाई गिरफ्तार गरेको थियो । नारायण पराजुली

0 Comments

Related Reports
Related Trend Analysis