Incident Reports

राजसंस्था पुनर्स्थापनाको माग – Online Khabar

2021-08-20

Madhes, Parsa, Birgunj

४ भदौं, वीरगञ्ज । वीरगञ्जमा राजावादीहरुले प्रदर्शन गरेका छन् । नेपाल राष्ट्रवाद संघले प्रदर्शन गरेको हो ।‘राष्ट्र र राष्ट्रियता राजसंस्थामाथि निर्भर छ ’ भन्दै संघले राजसंस्था पुनर्स्थापना हुनुपर्ने मागसहित विभिन्न गतिविधि गर्दै आएको छ ।रत्नराज्य लक्ष्मीदेवी शाहको ९४औं शुभ जन्मोत्सवको अवसरमा शुभकामना र्‍याली निकलिएको राष्ट्रवाद संघका अध्यक्ष जनकलाल साहले जानकारी दिए ।

शुक्रबारको प्रदर्शनमा एमसीसीको समेत विरोध गरिएको थियो । प्रदर्शनकारीहरुले ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।उनीहरुले गणतन्त्रको विरोध गर्दै राज संस्थाको समर्थनमा नाराबाजी समेत गरे। घण्टाघरबाट निकालिएको र्‍याली नगरपरिक्रमा पछि बाल मन्दिरमा पुगेर रत्नराज्यलक्ष्मीको तस्वीरमा माल्यार्पण गरी सम्पन्न भएको आयोजकले जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Entity Political Organizations/Groups supporting Monarchy
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments