Incident Reports

ससुराद्वारा बुहारीमाथि कुटपिट l

2014-07-24

Lumbini, Dang, Tulsipur

दाङ । ०७१ साउन ९ गते, घोराही नपा -११ तुलसीपुरचोककी २२ वर्षीया खगेन्द्रा बिष्टलाई ससुरा ५० वर्षीय हरिबहादुर डाँगीले साउन ८ गते कुटपिट गरी घाइते बनाएका छन् । कुटपिटबाट टाउको र शरीरका विभिन्न भागमा चोट लागेकी पीडितको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भइरहेको छ । पीडितका पति नरबहादुर डाँगी वैदेशिक रोजगारीमा जापानमा रहेका छन् । 'भोकाएको बच्चाले पटक-पटक खाना मागेपछि भात पकाउन सासु ससुरासँग चामल मागँ तर चामलको साटो दुवै मिलेर कुटपिट गरेपछि अस्पताल नै भर्ना हुनुपर्‍यो । प्रहरीले मौखिक उजुरीका आधारमा आरोपित डाँगीलाई गिरफ्तार गरेको बताएको छ । आवश्यक छानबिन गरी दोषीलाई कारबाही गर्न प्रहरी तयार रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी ओम रानाले बताए । पीडितका पति नरबहादुर डाँगीले पीडित लगायत तीन ओटा पत्नी विवाह गरेका छन् । हाल उनी माइली पत्नीसँग नजिक रहेको पीडितले बताइन् । गमनसिंह खड्का

0 Comments

Related Reports
Related Trend Analysis