Incident Reports

बुवाको हत्या र लिपपोत गरी प्रमाण लुकाएको आरोपमा छोरा पक्राउ :: Setopati

2021-08-22

Lumbini, Rolpa, Tribeni, Ward 4

रोल्पामा बल्दै गरेको अगुल्टो प्रहार गरी बुवाको हत्या गरेको पछि प्रमाण नष्ट गर्न राति नै घर लिपपोत गरेको आरोपमा एक जना पक्राउ परेका छन्।त्रिवेणी गाउँपालिका वडा नं. ४ चालढुङका २५ वर्षीय छोरा टेकबहादुर नेपालीले ६० वर्षीय बुवा लक्षिण नेपालीको आइतबार राति साढे १० बजेतिर अँगेनामा बल्दै गरेको अगुल्टाले प्रहार गरी हत्या गरेका थिए।

रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीका अनुसार  सामान्य घरायसी झगडाका क्रममा छोरा टेकबहादुरले बुवा लक्षिणलाई बल्दै गरेको अगुल्टाले कञ्चटमा प्रहार गरेपछि उनको तत्कालै मृत्यु भएको थियो।बल्दै गरेको अगुल्टो प्रहारबाट बुवा लक्षिणको मृत्युपछि छोरा टेकबहादुर र उनको परिवारले मिलेर मृतक बुवालाई खाटमा सुताएको डिएसपी सुवेदीले बताए।

जिल्ला प्रहरी प्रमुख सुवेदीले मृतक लक्षिणका दुई वटा श्रीमती भए पनि दुबैको मृत्यु भइसकेको हुँदा छोरा र उनको परिवारले प्रमाण नष्ट गर्नको लागि रातारात घटनास्थलको भुइँ कोठा लिपपोत गरेको सेतोपाटीलाई बताए।शव पोष्ट मार्टमको लागि दाङ पठाइएको र पक्राउ परेका छोरामाथि थप अनुसन्धान हुन बाँकी नै रहेको डिएसपी सुवेदीले जानकारी दिए।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Fire
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments