Incident Reports

बालक अपहरण घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-08-19

Karnali, Jumla, Hima

दश महिनाको बालक अपहरण गरेको आरोपमा हिमा गाउँपालिका- ३ मोफ्ताका २५ वर्षीय दानबहादुर रोकायलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले भदौ ५ गते विमालस्थल चोक सुर्खेतबाट गिरफ्तार गरेको छ ।आरोपित रोकायले बच्चा आफूले लिएर अपरिचित मान्छेलाई दिएको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका इन्स्पेक्टर कनकबहादुर शाहीले बताउनुभयो ।

पीडितपक्षले भदौ ३ गते रातिदेखि बच्चा हराएको भन्दै भदौ ४ गते जिल्ला प्रहरी कार्यालय जुम्लामा निवदेन दिएको थियो ।‘घटना निकै गम्भीर र संवेदनशील भएकाले विभिन्न दृष्टिकोणबाट अनुसन्धान गरिरहेका छौं’ जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी दानबहादुर थापाले इन्सेक प्रतिनिधिसँग भन्नुभयो ।आरोपित युवालाई थप अनुसन्धानका लागि सुर्खेतबाट जुम्ला ल्याउने तयारी भइरहेको डीएसपी थापाले जानकारी दिनुभयो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Abducted 1
Youth Abducted 1
INSEC

0 Comments