Incident Reports

बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी l

2014-07-25

Province 1, Morang, Ratuwamai

मोरङ । ०७१ साउन १० गते, एक १३ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै सिजुवा गाविस-५ का एक युवाविरुद्ध साउन ९ गते पीडित परिवारले प्रहरीमा उजुरी दिएका छन् । गत साउन ७ गते साँझ पसलबाट नुन किनेर घर र्फकने क्रममा नियन्त्रणमा लिएर धानखेतमा लगि बलात्कार गर्ने सोही ठाउँका २२ वर्षीय काले भन्ने भविन्द्र तामाङ विरुद्ध इलाका प्रहरी कार्यालय सिजुवामा पीडित परिवारले उजुरी दिएका हुन् । बालिकाको स्वास्थ्य परीक्षण विराटनगर स्थित कोशी अञ्चल अस्पतालमा साउन ९ गते नै भएको प्रहरीले जानकारी दियो । आरोपित सर्म्पर्क बाहिर भएकाले खोजी कार्यसमेत गरी रहेको प्रहरीले जनायो । सुकदेब चौधरी

0 Comments

Related Reports
Related Trend Analysis