Incident Reports

पत्निलाई खुकुरी प्रहार गर्ने पति गिरफ्तार l

2014-07-26

Province 1, Khotang, Khotehang

चिप्रिङ गाविस-८ की २१ वर्षीया कला राईलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा पति २२ वर्षीय शुभ राईलाई प्रहरीले साउन १० गते गिरफ्तार गरेको छ । घरायसी विवादपछि आरोपितले साउन ७ गते साँझ पत्निलाई खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट टाउकोमा गहिरो चोट लागेकी घाइतेको जिल्ला अस्पताल दिक्तेलमा उपचार हुन नसकेपछि साउन १० गते हेलिकोप्टर चार्टर गरी थप उपचारका लागि काठमाडौँ लगिएको छ । घाइतेलाई साउन ९ गते जिल्ला अस्पताल दिक्तेल भर्ना गरिएको थियो । गिरफ्तार गरिएका आरोपितलाई छितापोखरीस्थित प्रहरी चौकीको नियन्त्रणमा राखिएको र थप अनुसन्धानका लागि सदरमुकाम दिक्तेल ल्याइँदै गरिएको जिल्ला प्रहरी कार्यालय दिक्तेलका मुद्दा शाखाका सई यादव गौतमले बताए । डिएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis