Incident Reports

सानेपामा पौडेल पक्षीय जिल्ला सभापतिहरूको रिले अनशन सुरु | Ratopati

2021-08-25

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय जिल्ला सभापतिहरूले रिले अनशन सुरु गरेका छन् । बुधबार विहान ११ बजेदेखि पार्टी कार्यालय सानेपामा जिल्ला सभापतिहरूले रिले अनशन सुरु गरेका हुन् । क्रियाशील सदस्यको नामावली सार्वजनिक गर्नुपर्ने, जिल्ला सभापतिको उम्मेदवार हुने प्रावधानमा एकरुपता ल्याउन लगायत उनीहरुको माग छ ।उनीहरुको मागको सन्दर्भमा पौडेल पक्षीय शीर्ष नेताको बैठक बसिरहेको छ । क्रियाशील सदस्यताबारे भएको सहमति कार्यान्वयन, जिल्ला सभापतिहरूको माग लगायतका विषयमा पूर्व महामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा छलफल जारी छ ।काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार सभापति शेरबहादुर देउवाले सदस्यता सूची निर्वाचन समितिलाई बुझाएपछि नामावली सार्वजनिक गरिने छ । सबैले हेर्न पाउने गरी पार्टीको वेबसाइटमै नामावली सार्वजनिक गरिने उनको भनाइ छ ।



Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people Not Available
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people Not Available
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth na
National/Online Media

0 Comments