Incident Reports

कुटपिट गरी घाइते बनाएको घटनाका आरोपित गिरफ्तार  – इन्सेक

2021-08-24

Gandaki, Nawalparasi East, Kawasoti, Ward 16

कावासोती नगरपालिका–१६ पिप्रेनी बस्ने ६ वर्षीया पूर्णीमा परियारलाई कुटपिट गरी घाइते बनाएको आरोपमा प्रहरीले पीडितकी २८ वर्षीया कान्छी आमा शान्ती तामाङलाई  भदौ ८ गते गिरफ्तार गरेको छ ।पीडितलाई आरोपितले ०७८ भदौ ८ गते राति कुटपिट गर्दा पीडितको दुई ओटा दाँत झरेको, टाउको र दुवै घुँडामा चोट लागेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा सोही दिन मौखिक उजुरी दिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का इन्स्पेक्टर मधुसुदन सिंहले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।पीडित पक्षको सोही उजुरीका आधारमा प्रहरीले आरोपितलाई गिरफ्तार गरी घटनाको अनुसन्धान गरिरहेको भएपनि पीडित पक्षले आरोपितविरुद्ध लिखित उजुरी दिन बाँकी रहेको उहाँले बताउनुभयो ।पीडितको घाउ जाँच र उपचार भदौ ८ गते मध्यबिन्दु जिल्ला अस्पतालमा भयो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
INSEC

0 Comments