Shivaraj Khatri
ढाकु-३ की २१ वर्षीया लक्ष्मीदेवी चलाउनेले सात महिनाको छोराको हत्यापछि साउन ११ गते दिउँसो आत्महत्या गरेकी छिन् । परिवारका सबै जना खेतमा काम गर्न गएको मौका छोपेर सात महिने छोरालाई घर भित्रै डोरीको पासो लगाई झुण्ड्याएर हत्यापछि आफूले पनि घर भित्रै डोरीको पासो लगाएर आत्महत्या गरेको बुझिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दिपेन्द्र शाहीले जानकारी दिए । मृतक आमा छोरा दुवैको शव प्रहरीले १२ गते बेलुकी मात्र जिल्ला अस्पताल मंगलसैन ल्याइ पुर्याएको १३ गते मात्र पोष्टमार्टम गरिने शाहीले जानकारी दिए । उनले घटनाबारे १२ गतेसम्म कसैले पनि जाहेरी नदिएको र थप अनुसन्धान भइरहेको प्रनाउ शाहीले बताए ।
शिवराज खत्री