Incident Reports

थाहा खबर: मन्त्री शाहीलाई बर्खास्त गर्न मागसहित सुर्खेतमा र्‍याली, मुख्यमन्त्री कार्यालय घेराउ

2021-08-29

Karnali, Surkhet, Birendranagar

सुर्खेत : बलात्कारको आरोप लागेका कर्णाली प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीलाई तत्काल बर्खास्त गर्न माग गर्दै सुर्खेतमा मुख्यमन्त्रको कार्यालय घेराउ गरिएको छ।नेकपा एमाले निकट विद्यार्थी तथा संगठन युवा संघ नेपाल र अनेरास्ववियुले मन्त्री कूर्मराज शाहीलाई बर्खास्त गर्नुपर्ने माग गरी आइतबार दिउँसो र्‍याली निकालेका हुन्। एमाले पार्टी कार्यालयबाट ‘बलात्कार आरोपित मन्त्रीलाई बर्खास्त गर’ लेखिएको ब्यानरसहित निस्केको र्‍यालीले मुख्यमन्त्री कार्यालय घेराउसमेत गरेको थियो।

सत्ता साझेदार नेपाली कांग्रेसले पनि घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेको छ।अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य नवीनकुमार योगीले सिंगो कर्णालीको गरिमा जोगाउन र अन्याय, अत्याचारविरुद्ध जहिले पनि अनेरास्ववियु र युवा संघ नेपाल लागि पर्ने बताए।उनले भने, ‘बलात्कार आरोपित मन्त्रीलाई तत्काल बर्खास्त नगरे कर्णाली प्रदेश सरकारलाई महँगो पर्ने र त्यसको सम्पूर्ण जिम्मेवारी मुख्यमन्त्री महेन्द्रबहादुर शाही स्वयंले लिनुपर्ने छ, साथै बर्खास्त नगरेसम्म थप सशक्त चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी समेत दिन्छौँ।’र्‍यालीमा बलात्कार आरोपित मन्त्रीलाई बर्खास्त गर, अपराधी सरकार मुर्दाबाद, कर्णालीावासी के भन्छन् बलत्कारीलाई फाल भन्छन्, अनेरास्ववियु युवा संघ जिन्दाबाद, विदेशी दलालहरू होसियार जस्ता नारा लगाइएका थिए।सुर्खेतका विभिन्न संघसंगठन, संस्था र अधिकारकर्मीले बलात्कारको आरोप लागिसकेपछि मन्त्रीले नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्ने माग राख्दै आएका छन्।

नेकपा एमाले निकट विद्यार्थी तथा संगठन युवा संघ नेपाल र अनेरास्ववियुले मन्त्री कूर्मराज शाहीलाई बर्खास्त गर्नुपर्ने माग गरी आइतबार दिउँसो र्‍याली निकालेका हुन्। एमाले पार्टी कार्यालयबाट ‘बलात्कार आरोपित मन्त्रीलाई बर्खास्त गर’ लेखिएको ब्यानरसहित निस्केको र्‍यालीले मुख्यमन्त्री कार्यालय घेराउसमेत गरेको थियो।

सत्ता साझेदार नेपाली कांग्रेसले पनि घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेको छ।

अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य नवीनकुमार योगीले सिंगो कर्णालीको गरिमा जोगाउन र अन्याय, अत्याचारविरुद्ध जहिले पनि अनेरास्ववियु र युवा संघ नेपाल लागि पर्ने बताए।

र्‍यालीमा बलात्कार आरोपित मन्त्रीलाई बर्खास्त गर, अपराधी सरकार मुर्दाबाद, कर्णालीावासी के भन्छन् बलत्कारीलाई फाल भन्छन्, अनेरास्ववियु युवा संघ जिन्दाबाद, विदेशी दलालहरू होसियार जस्ता नारा लगाइएका थिए।

सुर्खेतका विभिन्न संघसंगठन, संस्था र अधिकारकर्मीले बलात्कारको आरोप लागिसकेपछि मन्त्रीले नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्ने माग राख्दै आएका छन्।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments