Incident Reports

सिरहामा दुई परिवारबीच झडप, एक महिलाको मृत्यु | Ratopati

2021-09-01

Madhes, Siraha, Kalyanpur, Ward 1

सिरहाको कल्याणपुर नगरपालिका १ डुमरीमा दुई परिवार बीचको झडपमा एक महिलाको मृत्यु भएको छ ।  झडपमा ६५ वर्षकी भाल्सैरदेवी यादवको मृत्यु भएको हो ।  स्थानीय भाल्सैरदेवी यादव र जय यादव–श्रीदेव यादवको परिवारबीच झडप हुँदा भाल्सैरदेवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिए । श्रीदेव यादवले बाटोमा भैसीको मल राखेको विषयमा झडप सुरु भएको थियो । झडपमा जयकुमार यादव र श्रीदेव यादवले कुटपिट गर्दा यादवको घटनास्थल मै मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए । आरोपी जयकुमार यादव र श्रीदेव यादव फरार भएका छन् ।घटनामा संलग्न सबैको तीव्र रुपमा  खोजी भैरहेको प्रहरीले जानकारी दिएको छ । मृतकको शव पोष्टमार्टमका लागि लहान स्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहानमा  राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।  घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता बुढाथोकीले जानकारी दिए । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments

Related Reports