Incident Reports

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न २ जना पक्राउ

2021-08-31

कास्की, २०७८ भदौ १६ गते मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा पोखरा महानगरपालिका-६ शान्तिनगरस्थित ए वान रेष्टुरेन्टकी संचालिका ईलाम माई नगरपालिका-८ चिसापानी घर भएकी २८ वर्षीया अस्मिता राईलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । उनले आफ्नो रेष्टुरेन्टमा खाजा नास्ता बनाउने तथा वयटरको काममा लगाईदिन्छु भन्दै ललाई फकाई प्रलोभनमा पारी महिलाहरूलाई डर त्रास देखाई बाध्य पारी यौन शोषण गर्न लगाउने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 


0 Comments