Incident Reports

अप्राकृतिक मैथुन गरेको आरोपमा गिरफ्तार l

2014-07-26

Bagmati, Kabhrepalanchok, Panchkhal

काभ्रे । ०७१ साउन १३ गते एक ८ वर्षीय बालकलाई पटक-पटक नजिकैको सल्लाघारीमा लगेर अप्राकृतिक मैथुन गर्ने पाँचखाल नपा-३ केराघारीका १७ वर्षीय एक बलाक र काभ्रे गाविस- ७ घर भएका अनिल कार्कीलाई प्रहरीले गिरफ्तार गरेको छ । आरोपितहरूलाई साउन १० गते गिरफ्तार गरेकोमा अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनायो । आरोपितहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । पीडित बालकले घरमा गएर हजुर बुबालाई उक्त कुरा बताएपछि घटना सार्वजनिक भएको हो । बालकलाई जबरजस्ती अप्राकृतिक मैथुन गरेको आरोपमा प्रहरीले जबरजस्तीकरणी (अप्राकृतिक मैथुन) शीर्षकमा साउन ११ गते मुद्दा दर्ता गरेको छ । पीडित बालकको स्थानीय अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । भोजराज तिमल्सिना|

0 Comments

Related Reports
Related Trend Analysis