2021-09-02
नेपाली काँग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माको राजीनामा पछि दलित नेता कार्यकर्ताहरूले पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका छन् । नेपाल दलित संघ काठमाडौंका नेता कार्यकर्ताहरूले धर्ना दिएका हुन् । धर्नासँगै उनीहरुले पार्टी नेतृत्वसमक्ष ५ बुँदे माग समेत अघि सारेका छन् । पार्टी नेतृत्वले बुँदे माग सम्बोधन नभए थप केन्द्रीय सदस्यलाई राजीनामा दिन समेत उनीहरुले दबाब दिएका छन् । पार्टी केन्द्रीय सदस्य तथा दलित अगुवाहरु मानबहादुर विश्वकर्मा र जीवन परियारले धर्नाको नेतृत्व गरेका छन् । उनीहरूको मागप्रति काँग्रेस नेतृ सुजाता कोइरालाले समर्थन जनाएकी छन् । कोइरालाले उनीहरुका माग सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता जनाएकी छन् । धर्नामा काठमाडौंमा उपस्थित काँग्रेसका दलित नेता कार्यकर्ता सहभागी छन् । नेपाल दलित संघका अध्यक्ष समेत रहेका मीन विश्वकर्माले महाधिवेशन प्रतिनिधि चयनमा दलितलाई उचित स्थान नदिएको प्रति असन्तुष्टि जनाउँदै बुधबार दुबै पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।
Violent / Non-violent | Nonviolent |
Primary Form | Gherau/Dharna (sit-in)/padlocking |
Primary Cause | Contestation over non-elective positions and influence |
Actor 1 - Number of people | n/a |
Actor 1 - Affiliations | Nepali Congress and affiliated org |
Actor 1 - Entity | Nepali Congress |
Actor 1 - Youth | unknown |
Actor 2 - Number of people | n/a |
Actor 2 - Affiliation (Target) | Nepali Congress and affiliated org |
Actor 2 - Youth | unknown |