Incident Reports

एमाले र राप्रपाका कार्यकर्ताद्वारा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तोडफोड

2021-09-06

Province 1, Sunsari, Dharan

 काठमाडौं– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिको कार्यालयमा तोडफोड भएको छ।सोमबार दिउँसो नेकपा एमाले, राप्रपा र संघीय लिम्बुवान मञ्चका कार्यकर्ताले उपकुलपति कार्यालयमा तोडफोड गरेको प्रतिष्ठानमा कार्यरत एक चिकित्सकले जानकारी दिए।

उनका अनुसार तोडफोड गर्न डेढ सय भन्दा बढी व्यक्तिहरु प्रतिष्ठानभित्र प्रवेश गरेका थिए। बीपी प्रतिष्ठानमा प्रतिष्ठान शुद्धीकरणको अभियानसहित त्यहाँका कर्मचारी, शिक्षक, चिकित्सक तथा विद्यार्थीहरु ८४ दिनदेखि आन्दोलनमा छन्।आन्दोलनरत पक्षले प्रतिष्ठानको उपकुलपतिको कार्यालयमा असार १६ गतेदेखि तालाबन्दी समेत गरेका थिए।

प्रतिष्ठानमा पदाधिकारीहरुले अनियमितता गरेको भन्दै आन्दोलनरत कर्मचारीहरुले प्रतिष्ठानका पदाधिकारीलाई बर्खास्त गर्नुपर्ने माग गर्दै आएका छन्। आफूहरुको माग सम्बोधन नभएको भन्दै स्वास्थ्यकर्मीहरुले आइतबारदेखि आकस्मिक, कोभिड र पूर्वनिर्धारित परीक्षा बाहेकका सेवा बहिस्कार गरेका छन्।

स्वास्थ्यकर्मीहरुले आन्दोलनमा रहेर सेवा बहिस्कार गरेको भन्दै एमाले र राप्रपाका नेता/कार्यकर्ताहरुले उपकुलपतिको कार्यालयमा तोडफोड गरेको एक चिकित्सकले जानकारी दिए।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Other
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Various Indigenous Parties incl. Tharu , UML and affiliated org , RPP
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media

0 Comments