Incident Reports

बहुविवाह गरेको भन्दै पतिविरुद्ध उजुरी l

2014-07-28

Province 1, Khotang, Rupakot Majhuwagadhi

DM Chamling Rai खोटाङ । ०७१ साउन १४ गते, विजयखर्क गाविस-१ मालाकी ३२ वर्षीया धनकुमारी श्रेष्ठले बहुविवाह गर्ने ३६ वर्षीय पति अनिल श्रेष्ठलाई कारबाहीको माग गर्दै साउन १२ गते जिल्ला प्रहरी कार्यालय दिक्तेलमा उजुरी दर्ता गरेकी छन् । उनीहरूको ०६१ मंसिरमा प्रेम विवाह भएको थियो । २ छोरी र १ छोराको जन्म भएको अवस्थामा पतिले बनेपा-१० की २३ वर्षीया गौरीकुमारी दर्जीलाई दोस्रो विवाह गरेको पीडितको भनाइ छ । ०७१ जेठ महिनामा घरबाट काठमाडौ गएका पति काभ्रेपलाञ्चोकमा मजदुरी गर्दै आएकोमा साउन ४ गते दोस्रो विवाह गरेको जानकारी आएको पीडितद्वारा दिइएको उजुरीमा उललेख छ । पीडितको उजुरीबारे कानुनी प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालय दिक्तेलका मुद्दा शाखाका सई यादव गौतमले बताए । डिएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis