Incident Reports

बालिका बलात्कार प्रयासका आरोपितविरुद्ध मुद्दा l

2014-07-28

Province 1, Jhapa, Buddhashanti

Arjun Basnet झापा । ०७१ साउन १४ गते चार वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा शान्तिनगर गाविस- ९ का ७६ वर्षीय योगनाथ खतिवडाविरुद्ध प्रहरीले ०७१ साउन १२ गते मुद्दा दर्ता गरेको छ । आरोपीतले ०७१ साउन ११ गते दिउँसो स्थानीय कृष्ण प्रणामी मन्दिर नजिकै खेलिरहेका केटाकेटी मध्ये ती बालिकालाई मन्दिर परिसरमा लगि लुगा खोलेर बलात्कार गर्न लाग्दा स्थानीय २ महिलाहरूले देखेर हल्ला गरेका थिए । त्यसपछि गाउँलेहरूले प्रहरीमा खबर गरी आरोपितलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी टोलीलाई जिम्मा दिएका थिए । उनलाई काँकरभिट्टा प्रहरीको हिरासतमा राखेर मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डिएसपी वसन्त रजौरेले बताए । बालिकाको स्वास्थ्य जाँच साउन १२ नै मेची अञ्चल अस्पताल भद्रपुरमा भएको थियो । अर्जुन बस्नेत

0 Comments