Incident Reports

विप्लव निकट युवासंगठनद्वारा प्रदर्शन

2021-09-07

Gandaki, Kaski, Pokhara Lekhnath

लेखनाथ । विप्लव निकट युवा संगठन नेपालले सरकारविरुद्ध प्रर्दशन गरेको छ । देशव्यापीरुपमा थालिएको कार्यक्रमअनुसार संगठनले पोखरा २७, तालचोकमा मंगलबार प्रदर्शन गरेको हो । बेरुजु, अनियमितता, भ्रष्टाचार, जयसिंह धामीको हत्या, नेपाली भूमिमाथि भारतीय सेनाको हवाई गस्ती, एमसिसी सम्झौता र भारतीय सरकारी प्रवक्ताको नेपालप्रतिको हेपाहा अभिव्यक्तिविरुद्ध विरोध प्रदर्शन कार्यक्रम आयोजना गरिएको युवा सङ्गठनका जिल्ला संयोजक प्रमोद सिंहले बताए । कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला संयोजक सिंहले ‘नेपालमा चर्को अनियमितता, भ्रष्टाचार, बेरुजु, बेरोजगारी तथा बलात्कार र दण्डहीनताका घटना बढिरहेका छन् । त्यसको हामीले विरोध गरेका छौं’, उनले भने ‘सरकारका काण्डै काण्ड भइरहेका छन् विमान बेचेर तथा देशका खोलानाला बेचेर खाइरहेका छन्, हामीले त्यसको देशव्यापी रुपमा विरोध गरिरहेका छौं ।’ एउटा नेपाली नागरिकको हत्या हुँदासमेत १ शब्द बोल्न नसक्ने नेपालका संसद्वादी दलहरू सबै विदेशीको गुलाम भएको ठोकुवा गरे । उनले नेपाली भूमिमा हवाई गस्ती हुँदासमेत सरकार मौन रहेको र यस्तो विदेशीको चाकडी गर्ने दलाल सरकार अब नेपाली जनतालाई स्वीकार्य नहुने बताए । उनले भारतीय दादागिरी नरोकेसम्म आफ्नो सङ्गठन, पार्टीले त्यसको कडा प्रतिरोध गर्ने चेतावनीसमेत क्षेत्रीले दिए । वर्तमान दलाल सरकार विदेशबाटै परिचालित भएको र यसविरुद्ध आफ्नो पार्टी र संगठनले देशव्यापी रुपमा कडा संघर्ष र आन्दोलन गरेको बताए ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments