Incident Reports

हेटौंडामा राप्रपा निकट युवाहरुले निकाले राँके जुलुस - Khabar Break

2021-09-07

Bagmati, Makawanpur, Hetauda

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा युवाहरुले सरकार विरुद्ध राँके जुलुुस निकालेका छन् । मंगलबार राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा निकट युवा संगठनका युवा नेताहरुले एमसीसी रद्धको माग गर्ने क्रममा नेपाल प्रहरीले आफ्नो संगठनका नेताहरु पक्राउ गरेको भन्दै विरोध प्रदर्शन गर्दै राँके जुलुस निकालिएको युवा संगठन नगर अध्यक्ष भृगु कार्कीले जानकारी दिए । अध्यक्ष कार्कीले हेटौंडा-५ को पुष्पलाल पार्कदेखि सिमाचोक सम्म राँके जुलुस प्रदर्शन गरिएको जानकारी दिए । उनले पक्राउ परेका संगठनका नेताहरुको रिहाइको माग समेत गरेका छन् । मंगलबार दिउँसो काठमाण्डौमा शान्तिपूर्ण प्रदर्शनमा रहेका राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका नेताहरु कैलाश कटुवाल,मनि सिंखडा,गुण राजभण्डारी ,नगेन्द्र देउजा लगायतलाई प्रहरीले पक्राउ गरेको थियो । राप्रपा अध्यक्ष कमल थापाले शान्तिपूर्ण प्रदर्शनमा रहेका संगठनका नेताहरु पक्राउको भत्सर्ना गर्दै तत्काल रिहाइको माग गरेका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations RPP
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments