Incident Reports

दाइजो कम ल्याएको भन्दै घरनिकाला l

2014-07-30

Madhes, Mahottari, Balwa

Ishwari Kafle गोनरपुरा गाविस -९ की ३१ वर्षीया ममता कुमारी यादवलाई दाइजो थोरै ल्याएको भन्दै घर निकाला गरेपछि पति ३५ वर्षीय पंकज यादवविरुद्ध पीडितले ०७१ साउन १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् । पंकजसँग ममताको विवाह ०६५ सालमै भएको र सोही समयदेखि दाइजोको नाममा विवाद शुरु भएको ममता बताउँछिन् । बिहे गरेपछि लगातार १५ दिन कहिल्यै घरमा बस्न नदिएको बताउँदै कुटपिट गरी पटकपटक घरनिकाला गरेको पीडितले बताइन् । माइती घर भारत बिहारको सितामढी जिल्लाको बेला थाना अर्न्तर्गत सुरसण्डमा बस्दै आएकी ममताका अनुसार माइती भारत भएकैले नेपालको नियम कानुन थाहा नहुनु र भाषाको समस्याका कारण पनि समयमै उजुरी दिन नसकिएको हो । जिल्ला प्रहरी कार्यालय महिला सेलकी प्रमुख रमा थापाले भोलीनै ममताका पतिलाई झिकाउन प्रहरी लागिसकेको बताइन् ।

0 Comments

Related Reports
Related Trend Analysis