Incident Reports

राजनीतिक दलहरुद्वारा आयोगको प्रतिवेदन कार्यान्वयन गर्न माग l

2014-07-30

Province 1, Khotang, Rupakot Majhuwagadhi

खोटाङ । ०७१ साउन १४ गते, प्रहरीको यातनाबाट हिरासतमै ज्यान गुमाएका पाथेका गाविस-२ का १८ वर्षीय किरण राईको विषयमा राष्ट्रिय मानवअधिकार आयोगले ०७० भदौ १९ गते प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सिफारिस गरेको प्रतिवेदन हालसम्म पनि कार्यान्वयन नभएको भन्दै जिल्लास्थित राजनीतिक दलहरुले साउन १४ गते राष्ट्रिय मानवअधिकार आयोगको उपक्षेत्रीय कार्यालय दिक्तेलमा ज्ञापनपत्र बुझाएका छन् । जिल्लास्थित नेपाली काङ्ग्रेस, नेकपा एमाले, एकीकृत माओवादी, राप्रपा नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, सङ्घीय समाजवादी पार्टी, खम्वुवान राष्ट्रिय मोर्चा नेपाल, नेकपा-माओवादी र नेपाल कम्युनिष्ट पार्टीद्वारा संयुक्त रुपमा बुझाईएको ज्ञापनपत्रमा भनिएको छ -'आयोगको प्रतिवेदन हालसम्म पनि कार्यान्वयन नभएकाले हामी राजनीतिक दलहरुको ध्यानाकर्षा भएको छ ।' आयोगले घटनामा संलग्न प्रहरी हवल्दार सुरेशप्रसाद यादव, प्रहरी जवानहरु नकुल राई, रामकुमार बोगटी, कैलाश खत्री, चन्द्र खड्का, देवराज माझी, नारायण खड्का, सईहरु महेन्द्र खत्री, मुकुन्दप्रसाद विडारीलाई मुलुकी ऐन ज्यान सम्बन्धी महल बमोजिम कारबाही गर्न तथा तत्कालीन डिएसपी राजिवबहादुर बस्नेत र इन्सपेक्टर रमेशकुमार देवलाई विभागीय कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सिफारिस गरेको थियो । आयोगले पीडित परिवारलाई राष्ट्रिय मानवअधिकार आयोग ऐन ०६८ को दफा १६ को ३ बमोजिम ३ लाख रुपैया क्षतिपर्ूर्ती उपलब्ध गराउन समेत सिफारिस गरको थियो । आयोगको सिफारिस हालसम्म कार्यान्वयन भएको छैन । ज्ञापनपत्र बुझ्दै आयोगका निमित्त प्रमुख लोकनाथ घिमिरेले आवश्यक कार्यार्थ ज्ञापनपत्रलाई आजै आयोगको केन्द्रीय कार्यालयमा पठाउने बताए । ज्यान मारेको अभियोगमा ०७० जेठ २८ गते गिरफ्तार गरेपछि हिरासतमा राखिएको अवस्थामा घाइते भएका पीडित भुदेउको ०७० असार २६ गते जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । मृतक भुदेउ ०७० असार २१ गते प्रहरी हिरासतबाट भाग्दै गरेको अवस्थामा बर्ुइपा गाविसबाट गिरफ्तारीमा परेका थिए । गिरफ्तार गरेपश्चात ल्याउने क्रममा प्रहरीले राईलाई शारीरिक यातना दिएको र कारागार लैजाने क्रममा समेत यातना दिँदै लगेको प्रत्यक्षदर्शीले बताउँदै आएका छन् । मृतक राईलाई जिल्ला अदालतले ०७० असार २३ गते पुर्पक्षका लागि कारागार शाखा दिक्तेल चलान गरेको थियो । डिएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis