Incident Reports

महिलाद्वारा जेठाजुहरू विरुद्ध उजुरी l

2014-07-29

Madhes, Saptari, Surunga

सप्तरी । ०७१ साउन १४ गते टिकुलिया गाविस-८ की ४३ वर्षीया साम्भादेवी यादवले जेठाजु ५० वर्षीय लक्ष्मी यादव, उनका छोराहरू २५ वर्षीय रामचन्द्र यादव र २३ वर्षीय श्याम यादव तथा अर्का जेठाजु ४५ वर्षीय मोहित नारायण यादव र उनका छोरा २२ वर्षीय युगलकिशोर यादवविरुद्ध साउन १४ गते अदालतमा उजुरी दिएकी छन् । सामान्य घरायासी विवादमा आरोपितहरूले असार ३० गते खुकुरी र लाठीले कुटपिट गरी घाइते बनाएकोले आरोपितहरूमाथि कारबाहीको माग गर्दै जिल्ला अदालतमा कुटपिट मुद्दामा उजुरी दिएको जिल्ला अदालतले जनाएको छ । पीडितको राजविराज नपा-३ स्थित अञ्चल अस्पतालमा उपचार भइरहेको छ । पीडितको असार ३२ गते अस्पतालमा घाउँजाँच भएको थियो । पीडितले आरोपितहरूमाथि कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा असार ३१ गते उजुरी दिएपनि कुनै कारवाही नभएपछि अदालतमा मुद्दा दायर गरेको बताइन् । पीडित नाबालक छोराछोरीसँग घरमा बस्दै आएकी छन् भने उनका पति मुक्तिलाल यादव चार वर्षेखि वैदेशिक रोजगारका लागि कतारमा छन् ।

0 Comments

Related Reports
Related Trend Analysis