2021-09-09
गुल्मी । गुल्मीको रुपाकोट गाउँमा केही दिन अघि भएको हत्याको एक घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका–७ बतासे बस्ने ४८ वर्षीय शिवबहादुर पुलामीको गत बिहीबार कुटपिटबाट हत्या भएको थियो । उनलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले २७ वर्षीय हिमबहादुर पुलामी र सत्यवती गाउँपालिका–३ बस्ने २१ वर्षीय हिमाल राहडीलाई प्रहरीले पक्राउ गरेको हो । कुटपिट भएको सूचना पाएपछि मजुवा प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । कुटपिटपछि घाइते भएका शिवबहादुरलाई उपचारका लागि मजुवा ल्याइएकोमा उनको मृत्यु भएको थियो । कुटपिटमा संलग्नहरुलाई आइतबार साँझ पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याइएको जिल्ला प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईले जानकारी दिए । स्थानीय बासिन्दा रेशम भण्डारीका अनुसार कुटपिट गर्ने पुलामी मृतकका आफ्नै भतिजा हुन् भने राहडी मृतकका साढुभाइ हुन् । एसपी भट्टराईका अनुसार भदौ २३ गते पनि आरोपित दुई जना र मृतक शिवबहादुरबीच विवाद भएको थियो । २४ गते पनि उनीहरुबीच विवाद बढेर कुटपिट भएको उनले जनाए ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Assault (small group) |
Weapons | Other |
Primary Cause | Other non-economic personal issues (revenge, passion etc.) |
Actor 1 - Number of people | 2 |
Actor 1 - Affiliations | Family/relative |
Actor 1 - Youth | youth |
Actor 2 - Number of people | 1 |
Actor 2 - Affiliation (Target) | Family/relative |
Actor 2 - Youth | noyouth |
Total Killed | 1 |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
The Nepal Peace Monitor Annual Review: 2019
May 24, 2020
GBV / Political / Dalit / Human Rights / Interpersonal Violence / Governance