Incident Reports

बलात्कार प्रयास आरोपित पुर्पक्षका लागि कारागार चलान l

2014-07-30

Lumbini, Gulmi, Ruru

गुल्मी । ०७१ साउन १४ गते, बलात्कार प्रयासको आरोपमा पक्राउ परेका रुरु गाविस- ४ का २१ वर्षीय लक्ष्मण बाकबल थापालाई ०७१ साउन १४ गते जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएपछि कारागार कार्यालय, गुल्मीमा चलान भएका छन्। आरोपितले ०७१ असार २८ गते रुरु गाविस-४ रिडी लामाचौपारी स्थित एक होटलमा खाजा खाने निहुँपारी चार वर्षीया बालिकालाई बलत्कार प्रयास गर्दा गर्दै होटल सञ्चालकले भेटाएको भन्दै स्थानीयको सहयोगमा नियन्त्रणमा लिई इप्रका रीडिमा बुझाएपछि प्रहरीले हिरासतमा राखेको थियो । आरोपितविरुद्ध पीडितका बाबुले ०७१ असार २९ गते जिल्ला प्रहरी कार्यालयमा दिएको किटानी जाहेरीको आधारमा अनुसन्धान गरी अदालत पेस गरेको सई बलबहादुर बुढाले जानकारी दिए । नरेश भण्डारी

0 Comments

Related Reports
Related Trend Analysis