Incident Reports

मापसे परीक्षण गर्दा भक्तपुरमा प्रहरीलाई दुर्व्यवहार, एकजना पक्राउ | Ratopati

2021-09-14

Bagmati, Bhaktapur, Suryabinayak, Ward 5

‘दुर्व्यवहार गरेको’ आरोपमा प्रहरीले भक्तपुरबाट एकजनालाई पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका–५ स्थित सल्लाघारीमा ड्युटीमा खटिएको प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा ४२ वर्षीय सोमनाथ अधिकारीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।जगातीबाट सल्लाघारीतर्फ जाँदै गरेको बा.९ च २७६३ नम्बरको कारमा सवार अधिकारीलाई चेकजाँच गर्न खोज्दा उनले प्रहरीसँग विवाद गरेका थिए । महानगरीय प्रहरी प्रभाग कटुन्जे र ट्राफिक प्रहरीको संयुक्त टिमसँग विवाद गरेर उनले मापसे परीक्षण गर्ने ब्रेथलाइजर फुटाएको बताइएको छ । अधिकारीमाथि अभद्र व्यवहार मुद्दामा अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।  


Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Threat/intimidation
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments

Related Reports